• info@phurbasherpa.com.np
Login

विदेशी फिल्ममा छाउँदै नेपालका दृश्य, भारतीय फिल्मका लागि गरियो सटओभर

  • 06 Jan, 2024
विदेशी फिल्ममा छाउँदै नेपालका दृश्य, भारतीय फिल्मका लागि गरियो सटओभर

दृश्यका हिसाबले आकर्षक र सुन्दर रुप दिन नेपाली फिल्म विभिन्न विदेशमा सुटिङ गर्ने क्रम बढिरहेको बेला विदेशी फिल्म भने नेपालको प्राकृतिक सौन्दर्य र समृद्ध सांस्कृतिक सम्पदाबाट आप्mनो फिल्मलाई सम्पन्न बनाउन नेपालका विभिन्न स्थानमा छायांकनका लागि आकर्षित हुने गरेको पाइएको छ।

विभिन्न विदेशी फिल्मका साथमा वृत्तचित्र र विज्ञापन भिडियोले सुटिङका लागि नेपाललाई छनोट गरेको पाइएको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तथ्यांकअनुसार नेपालमा प्रत्येक वर्ष विदेशी फिल्म सुटिङ गर्ने क्रम वृद्धि भएको छ। यसले अन+लोकेसन सुटिङका लागि नेपालको बढ्दो लोकप्रियतालाई झल्काएको छ। विदेशी फिल्म, वृत्तचित्र र विज्ञापन व्यवसायीले काठमाडौं, भक्तपुर र ललितपुरका सांस्कृतिक सम्पदा क्षेत्रका साथै सगरमाथा, चितवन, बागलुङ, पोखरा, लुक्ला, नाम्चे, नगरकोट र हिमाली उपत्यकाका स्थललाई प्राथमिकता दिएको पाइएको छ। विगतमा पनि चर्चित भएका विभिन्न फिल्मको छायांकन नेपालमा भएको थियो।

यसै क्रममा हालै सोनी पिक्चर्स इन्टरनेसनल र रेनेसान्स पिक्चर्सको ब्यानरमा निर्माणाधीन हिन्दी फिल्म भिटी १३ (वर्किङ टाइटल) को नेपालका सुन्दर दृश्यमा छायांकन गरिएको छ। शक्तिप्रताप सिंह हाडाले निर्देशन गरेको यो सत्य घटनाबाट प्रेरित फिल्ममा वरुण तेज र मानुषी छिल्लर मुख्य भूमिकामा छन्। तर, यो फिल्मका लागि नेपालमा केवल दृश्यको मात्र सुटिङ गरिएको हो। नेपालका सुन्दर हिमाली र पहाडी क्षेत्रलाई फिल्ममा प्रयोग गर्न नेपालका दृश्य खिचिएको हो।

फिल्मको लाङटाङ उपत्यका क्षेत्र, सिन्धुपाल्चोक जुगल हिमाल र परिधिमा छायांकन गरिएको हो। अल्टिच्युड एयरको हेलिकप्टर र क्याप्टेन विवेक खड्काको उडानबाट सबै दृश्य खिचिएको हो। पहिलोपटक फिल्मबाट हिमाल र उपत्यकाको इमर्स सट लिनको लागि सटओभर एफ वन सिक्स एक्सिस जाइरो स्टेपलाइज्ड क्यामेरा प्रणाली प्रयोग गरिएको थियो। यो प्रणालीले सबै कम्पन, दोलन र बम्प विश्लेषण गर्न आईएमयू र मस्तिष्क प्रयोग गरी ती सबैलाई हेभी ड्युटी मोटर र म्याग्नेट प्रयोग गरेर सुधार गर्दछ।

सटओभर एफ वनले प्रसारणकर्ता र फिल्म निर्मातालाई तीन सय किलोमिटर प्रतिघण्टाको गतिमा पनि सुपर स्थिर सट प्राप्त गर्न सक्षम बनाउँछ। भिटी १३ लडाकु विमान र उच्च गतिको कार्यमा आधारित फिल्म भएकोले यस प्रकारका क्यामेरा प्रणालीको प्रयोग गतिशील सट प्राप्त गर्नको लागि अत्यन्त महङ्कवपूर्ण साबित भएको यसका लाइन प्रड्युसर फुर्वा शेर्पाले जनाएका छन्। यो फिल्मिध्रमा प्रयोग गरिएको सटओभर एफ वन वाइल्डग्रिन फिल्म्स्, भारतको हो। जसले उच्च गुणस्तरको वन्यजन्तु वृत्तचित्र उत्पादन गर्छ। यो भारतमा विशेष क्यामेरा भाडामा लिने घर हो। सटओभर भारतको हैदरावादका प्रशिक्षित र अनुभवी सिनेम्याटोग्राफर शैकत चक्रवर्तीले सञ्चालन गरेका थिए। शैकतसँग भारत र विदेशमा धेरै प्रतिकूल वातावरणमा क्यामेराको वर्षौं अनुभव छ।

विगतमा टम क्रुज, फास्ट एन्ड प्mयुरियसलगायत अन्य विभिन्न ब्लकबस्टर फिल्म प्रस्तुत गर्ने टप गन माभेरिकजस्ता फिल्ममा शटओभर प्रयोग गरिएको छ। फिल्म भिटी १३ को भिजुअल इफेक्ट्स सुपरभाइजर दुर्गाप्रसाद केठा हुन्। उनले तेलगु, तमिल, मलायाम, कन्नड र हिन्दी फिचर फिल्ममा २२ वर्षभन्दा बढी भीएफएक्स सुपरभाइजर र भिएफएक्स प्राविधिकको रुपमा काम गरिरहेका छन्। उनले भारतको हैदरावादमा रहेको माइन्ड भिजन्सको नाममा भिजुअल इफेक्ट सञ्चालन गरिरहेका छन्। दुर्गाप्रसादले रुद्रामादेवी, बाहुबली, पुली, कुर्कक्षेत्र, बाहुबली–२, साहो, सायरा, राधे श्याम, आरआरआर, आचार्यजस्ता फिल्ममा काम गरेका छन्।

हिम पहाड, हिमाली उपत्यका र यसका वरपरका क्षेत्रको अति यथार्थवादी पृष्ठभूमि प्रदर्शन गर्न नेपालको स्थान चयन गरिएको उनले बताए। फिल्मको छायाँकार हरि के वेदान्तम हुन् भने कथा आमिर खान, सिद्धार्थ राजकुमार र शक्ति प्रताप सिंहको रहेको छ। नेपालका फुर्वा शेर्पा फिल्मका लाइन प्रोड्युसर छन्। शेर्पाले सीएनएन, नेसनल जियोग्राफिक, एबिसी र लन्डनस्थित स्टोरीटेलर्स उत्पादन कम्पनीका लागि धेरै अन्तर्राष्टिझय परियोजनामा काम गरेका छन्।

No Tags

Comments (0)