• info@phurbasherpa.com.np
Login

फुर्वा शेर्पा पञ्जाबी गीतको म्युजिक भिडियो निर्देशनमा

  • 05 Dec, 2025

फुर्वा शेर्पा पञ्जाबी गीतको म्युजिक भिडियो निर्देशनमा

फुर्वा शेर्पा पञ्जाबी गीतको म्युजिक भिडियो निर्देशनमा

टेलिभिजन तथा फिल्म क्षेत्रमा सक्रिय फुर्वा शेर्पाले पञ्जाबी गीतको म्युजिक भिडियो निर्देशन गरेका छन्। उनले ‘खर्चा मार दा’ बोलको गीतको भिडियो निर्देशन गरेका हुन्।

गायक सरव सिंहको स्वर र संगीतमा गीत तयार भएको हो। गीतको शब्द बब्बी नटियानले रचना गरेका हुन्। भिडियोको छायांकन युएईको दुबई सहरमा गरिएको निर्देशन शेर्पाले बताए।

‘खर्चा मार दा’ भिडियोमा प्रमुख अभिनेता कमर भारत पञ्जाबका कलाकार हुन् भने अभिनेत्री इस्राए जेब्बारी मोरक्कन नागरिक हुन्। कोरियोग्राफीको जिम्मा दक्षिण भारतका सुरेश कुमारले सम्हालेका छन्।

फुर्वा शेर्पा  टेलिभिजनकर्मी, टिभी साे निर्माता, म्युजिक भिडियो निर्देशक, फिल्म निर्देशकसँगै गायकसमेत हुन्।


Source: nayapatrikadaily.com

Phurba Sherpa
No Tags

Comments (0)