• info@phurbasherpa.com.np
Login

नेपालमा अन–लोकेसन सुटिङ

  • 27 Dec, 2023

नेपालमा अन–लोकेसन सुटिङ


हिन्दी चलचित्रको छायांकन नेपालमा सम्पन्न भएको छ। विदेशमा धेरै नेपाली चलचित्रको छायांकन भइरहेका बेला नेपालको आफ्नै प्राकृतिक सौन्दर्य र समृद्ध सांस्कृतिक सम्पदाले यहाँ छायांकन गर्न विदेशी चलचित्र तथा वृत्तचित्रका निर्मातालाई आकर्षित गर्दै आएको छ। विभिन्न टेलिभिजन विज्ञापन (टीभीसी)को पनि नेपालमा छायांकन गरिएको छ। सूचना तथा सञ्चार मन्त्रालयका अनुसार नेपालमा प्रत्येक वर्ष विदेशी चलचित्र सुटिङ गर्ने क्रम बढ्दै गएको छ। यसले अन–लोकेसन सुटिङका लागि नेपालको बढ्दो लोकप्रियतालाई झल्काउँछ।

प्रवृत्ति केलाउँदा विदेशी चलचित्रकर्मीहरूले काठमाडौंभक्तपुर र ललितपुरका सांस्कृतिक सम्पदा क्षेत्रका साथै सगरमाथा र चितवनबागलुङपोखरालुक्लानाम्चेनगरकोट र हिमाली उपत्यकाका स्थलहरूलाई प्राथमिकता दिएका छन्। विगतमा पनि चर्चित भएका विभिन्न चलचित्रको छायांकन नेपालमा भएको थियो। हालै सोनी पिक्चर्स इन्टरनेसनल र रेनेसान्स पिक्चर्सद्वारा निर्मित आगामी हिन्दी चलचित्र भिटी १३ (वर्किङ टाइटल) को नेपालको सुन्दर दृश्यमा छायांकन गरिएको छ। शक्तिप्रताप सिंह हाडाले निर्देशन गरेको यो चलचित्र सत्य घटनाबाट प्रेरित रहेको चलचित्रमा वरुण तेज र मानुषी छिल्लर मुख्य भूमिकामा छन्।

पहिलो पटकफिल्मबाट हिमाल र उपत्यकाको इमर्स सटहरू लिन सटओभर (एफवान सिक्स एक्सिस गिरो स्टेबिलाइज्ड) क्यामेरा प्रणाली प्रयोग गरिएको थियो। प्रणालीले सबै कम्पनदोलन र बम्पहरू विश्लेषण गर्न आईएमयू र मस्तिष्क प्रयोग गर्छ। ती सबैलाई हेभी ड्युटी मोटर र म्याग्नेटहरू प्रयोग गरेर सुधार गर्छ। सटओभरले प्रसारणकर्ता र चलचित्र निर्माताहरूलाई प्रतिघण्टा तीन सय किलोमिटरको गतिमा पनि सुपर स्थिर सटहरू प्राप्त गर्न सक्षम बनाउँछ।

भीटी १३ लडाकु विमानहरू र उच्च गतिको कार्यमा आधारित चलचित्र भएकाले यस प्रकारका क्यामेरा प्रणालीहरूको प्रयोग गतिशील सटहरू प्राप्त गर्न अत्यन्तमहत्त्वपूर्ण साबित भएको छ। यस फिल्मिङमा प्रयोग गरिएको सुटओभर एफ वान वाइल्डग्रिन फिल्मस्भारतको हो। जसले उच्च गुणस्तरको वन्यजन्तु वृत्तचित्रहरू उत्पादन गर्छ। यो भारतमा विशेष क्यामेरा भाडामा लिने घर हो। सटओभर भारतको हैदराबादका 

प्रशिक्षित र अनुभवी सिनेम्याटोग्राफर शैकत चक्रवर्तीले सञ्चालन गरेका थिए। शैकतसँग भारत र विदेशमा धेरै प्रतिकूल वातावरणमा क्यामेराको वर्षौंको अनुभव छ।

विगतमाटम क्रुजफास्ट एन्ड फ्युरियस आदि र अन्य विभिन्न ब्लकबस्टर चलचित्रहरू प्रस्तुत गर्ने टप गन माभेरिकजस्ता चलचित्रमा सटोभर प्रयोग गरिएको छ। फिल्म भीटी १३ को भिजुअल इफेक्टस् सुपरवाइजर दुर्गाप्रसाद केठा हुन्। जसले तेलेगुतमिलमलयामकन्नड र हिन्दी फिचर फिल्महरूमा २२ वर्षभन्दा बढी भीएफएक्स सुपरवाइजर र भीएफएक्स कलाकारको रूपमा काम गरिरहेका छन्। उनले भारतको हैदराबादमा रहेको माइन्ड भिजन्सको नाममा भिजुअल इफेक्टहरू सञ्चालन गरिरहेका छन्। केठाले काम गरेका पछिल्लो समय प्रशंसित चलचित्र रुद्रमादेवीबाहुबलीद बिगिनिङपुलीकुर्कक्षेत्रराधे श्यामआरआरआर आदि छन्।

हिम पहाडहिमाली उपत्यका र यसका वरपरका क्षेत्रहरूको अति यथार्थवादी पृष्ठभूमि प्रदर्शन गर्न नेपालको स्थान चयन गरिएको छ। चलचित्र निर्माण चरणमा छ र नेपाल चलचित्रको दोस्रो छायांकन तालिका हो। फिल्मको छायांकन हरि के वेदान्तम् हुन् भने कथा आमिर खानसिद्धार्थ राजकुमार र शक्तिप्रताप सिंहको छ। 

फिल्ममा लाइन प्रोड्युसर बनेर पंक्तिकारले सीएनएननेसनल जियोग्राफिकएबीसी र लन्डनस्थित स्टोरीटेलर्स उत्पादन कम्पनीका लागि धेरै अन्तर्राष्ट्रिय परियोजनामा काम गरेको सन्दर्भ यहाँ सान्दर्भिक हुनेछ। छायांकन भएको चलचित्र लाङटाङ उपत्यका क्षेत्रसिन्धुपाल्चोक जुगल हिमाल र परिधिमा छायांकन गरिएको हो। अल्टिच्युड एयरको हेलिकप्टर र क्याप्टेन विवेक खड्काको उडानबाट सबै दृश्य खिचिएको हो।

Source: https://annapurnapost.com/story/428804/

No Tags

Comments (0)