• info@phurbasherpa.com.np
Login

पूर्वमिस वर्ल्ड मानुषीको फिल्म छायांकन नेपालमा

  • 27 Dec, 2023

पूर्वमिस वर्ल्ड मानुषीको फिल्म छायांकन नेपालमा


काठमाडौँ — पूर्वमिस वर्ल्ड मानुषी छिल्लरको नयाँ फिल्म नेपालमा छायांकन गरिएको छ । शक्ति प्रतापसिंहको निर्देशनमा हालै नेपालमा छायांकन गरिएको भिटी १३ (अहिलेका लागि नाम) लाङटाङसिन्धुपाल्चोकको जुगल हिमाल सेरोफेरोमा छायांकन गरिएको हो 

फिल्ममा मानुषीसँगै वरुण तेजको अभिनय छ । फिल्ममा निर्देशक एवं निर्माता फुर्वा शेर्पा नेपालका तर्फबाट लाइन प्रड्युसरका रुपमा जोडिएका छन् । यसअघि थुप्रै अन्तर्राष्ट्रिय प्रोजेक्टमा फुर्वा जोडिसकेका छन् । सिएनएननेश्नल जियोग्राफीएबिसी र लन्डनको स्टोरी टेलर्स प्रोडक्सन कम्पनीका लागि काम गरिसकेका फुर्वा नेपालमा फिल्म छायांकन गर्न फिल्मकर्मीहरु आकर्षित हुन थालेको बताउँछन् 

'नेपाली फिल्महरु विदेशमा छायांकन गर्न गइरहेका हुन्छन् । तरअहिले नेपालको प्राकृतिक सौन्दर्यसंस्कृति र सम्पदाले विदेशी फिल्मकर्मीलाई आकर्षित गरिरहेको छ । त्यसैले पछिल्लो समय विदेशीहरु हाम्रो देशमा फिल्म छायांकन गर्नलाई आइरहेका छन्,' फुर्वाले भने, 'नेपाल छायांकन स्थलको रुपमा चर्चित बनिरहेको छ '

'भी १३मा नेपालका सुन्दर हिमालका दृश्यहरु खिचिएको फुर्वाको भनाइ छ । यसअघि फिल्म छायांकनकै लागि बलिउड अभिनेत्री परिणिती चोपडाबोमन इरानी र अनुपम खेर नेपाल आएका थिए 


Source: https://ekantipur.com/entertainment/2023/03/24/167964579782159289.html?fbclid=IwAR0lYZrc4Hblw80zw3lNmhA3r3NPUv9u7i6Dl-1B4gfl235OPOVmL2yCRMk

No Tags

Comments (0)